Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सेन्सेटिभ इन्डेक्स बढ्यो, धेरै कम्पनीहरुका शेयर मूल्य बढे

सेन्सेटिभ इन्डेक्स बढ्यो, धेरै कम्पनीहरुका शेयर मूल्य बढे

  • बिहिवार, मंसिर २३ २०७८

  • 575
    SHARES

  • सेन्सेटिभ इन्डेक्स बढ्यो, धेरै कम्पनीहरुका शेयर मूल्य बढे

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । अघिल्लो सातादेखिन नै प्रायः लगातार घटिरहेको बजारमा बिहीबार भने धेरै कम्पनीहरुका शेयर मूल्य बढे ।

    नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर २ हजार ४ सय ४९ दशमलव ९७ अंकमा झरेको छ । नेप्से परिसूचक घटेपनि ‘क’ वर्गमा सूचीकृत कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.४३ अंकले बढेको छ ।

    लगानीकर्ताहरुमा अन्योलता देखिँदा बुधबार जस्तै बिहीबार पनि कारोबारमा उत्साह देखिएन । दिनभर ४१ हजार ३८९ कारोबार हुँदा २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता शेयरमात्रै किनबेच भयो । जसबाट कारोबार रकम २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँमा रोकिएको छ ।

    बिहीबार होटल तथा पर्यटन समूहका रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । जसले गर्दा यो समूहको उपसूचक १८ दशमलव ७७ अंकले बढेको छ ।

     


    बिहिवार, मंसिर २३ २०७८०४:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij