Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिन्छ : अर्थमन्त्री

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिन्छ : अर्थमन्त्री

  • बिहिवार, मंसिर २३ २०७८

  • 741
    SHARES

  • आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिन्छ : अर्थमन्त्री


    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताउनु भएको छ ।

    विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताउनुभयो।

    आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएको बताउनुभयो। बेमौसमी वर्षाका कारण खर्बाैंको क्षति भएको भन्दै उहाँले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताउनुभयो।

    अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै उहाँले तरलता समस्या भने रहेको बताउनुभयो। चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताउनुभयो। यसमा पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको बताउनुभयो।

    सरकार परिवर्तनपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु भएको थियो।


    बिहिवार, मंसिर २३ २०७८०१:११:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij