Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराइने

सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराइने

  • सोमवार, श्रावण १९ २०७७

  • 797
    SHARES

  • सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराइने

    काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेका बेला सुरक्षा मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गराइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यकाभित्रका खाजा घर तथा रेष्टुरेन्ट बन्द गराउने निर्णय गरेको हो ।

    उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेष्टुरेन्ट न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन भएको जानकारी आएको भन्दै स्वास्थ्य मन्त्रालयले यसमा सुधार नगर्नेहरुलाई बन्द गराउनुपर्ने निष्कर्षमा पुगेको हो ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीकाअनुसार यो निर्णय कार्यान्वयन गराउन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिलाई (सीसीएमसी) पत्राचार गरिसकेको छ ।

    यस्तै आइतबारकै बैठकले उपत्यकाभित्र परीक्षण मापदण्डअनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुको नमूना संकलन गर्नका लागि ठाउँ ठाउँका अस्पताललाई बुथ तोक्नेसमेत निर्णय गरेको छ ।


    सोमवार, श्रावण १९ २०७७०५:०६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij