Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

म्यान्मारको रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु

म्यान्मारको रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु

  • बिहिवार, आषाढ १८ २०७७

  • 864
    SHARES

  • म्यान्मारको  रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु

    काठमाडौं – म्यान्मारको एउटा रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु भएको छ। म्यानमारको उत्तरी क्षेत्रस्थित कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको बीबीसीले जनाएको छ ।

    ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको र उद्धारका क्रममा ११३ वटा शव फेला पारिएको म्यानमारको आपत्कालीन उद्धार गर्ने निकायले जनाएको छ ।

    म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्। गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

     


    बिहिवार, आषाढ १८ २०७७०३:०५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij