Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

  • मंगलवार, मंसिर २१ २०७८

  • 2.5K
    SHARES

  • घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

    काठमाडौं । साताको तेस्रो दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक हिजो तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । आज भने ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा झरेको छ

    ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ । नेप्से परिसूचकसँगै शेयर कारोबार रकममा पनि सुस्तता आएको छ । हिजो साढे चार अर्ब माथिको शेयर कारोबार भएकोमा आज ३ अर्ब १२ करोडमा रोकिएको छ ।

    दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट शेयर कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा रोकिएको छ ।

    आज बजार शुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । कारोबार शुरु भएको पहिलो घण्टासम्म सकारात्मक नै रहेको नेप्से परिसूचक त्यसपछि भने घट्ने क्रम शुरु भयो । अन्ततः बजार बन्द हुँदा ३७ अंकले घट्यो ।

    समग्रमा बजार घटे पनि व्यापार समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । केही कम्पनीहरुको राम्रो मूल्य बढ्दा यो समूहको सबइन्डेक्स २१ दशमलव ५३ अंकले बढेको छ । म्युचुअल फण्ड पनि झिनो अंकले बढेको छ भने बाँकी सबै समूहमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

     


    मंगलवार, मंसिर २१ २०७८०४:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij