काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो सोहि समयमा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । तीमध्ये ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५४१ जनाको मृत्यु भएको ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।