Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न संसदीय समितिको निर्देशन

एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न संसदीय समितिको निर्देशन

  • सोमवार, श्रावण १९ २०७७

  • 989
    SHARES

  • एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकाल्दै परिमार्जन गर्न निर्देशन दिएको छ ।

    सोमबार (आज) एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले दण्ड सजायसम्बन्धी कानूनलाई समय सापेक्षा परिमार्जन गर्न निर्देशन दिएको छ ।

    साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए ।

    अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए कानूनअनुसार ५ देखि ८ वर्ष र अरुमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
    समितिले एसिड आक्रमणमा परेकाहरुको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको छ ।


    सोमवार, श्रावण १९ २०७७०३:०५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij