Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गर्ने सरकारको तयारी

कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गर्ने सरकारको तयारी

  • सोमवार, श्रावण १९ २०७७

  • 798
    SHARES

  • कोरोना नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गर्ने सरकारको तयारी

    काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोही प्रयोजनका लागि सबै निकायबाट विवरण माग गरिएको छ ।

    खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको हो । यस्तो विवरण सार्वजनिक निकायले साउन मसान्तभित्र बुझाउनु पर्ने भएको छ ।

    उक्त आर्थिक वर्षमा भएका क्रियाकलाप र खर्चको विवरण संकलन गर्न लागिएको कार्यालयले जनाएको छ । यता, चालु आर्थिक वर्ष २०७७/७८ मा भएको खर्चको विवरण भने चौमासिक रुपमा सार्वजनिक गर्ने सरकारको तयारी छ । चालु आर्थिक वर्षको खर्च कात्तिक, फागुन र असार महिनामा सार्वजनिक गरिने कार्यालयले उल्लेख गरेको छ ।

    सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भइरहँदा अहिलेसम्म कुन निकायले कति खर्च गरे भन्ने तथ्यांक नै केन्द्रसँग नभएको पुष्टि भएको छ ।

    यसअघि कोरोना रोकथाममा १० अर्ब खर्च भएको सार्वजनिक गरेको सरकारले कुन निकायमा कति खर्च भयो भन्ने समेत सार्वजनिक गर्न सकेको छैन ।

     


    सोमवार, श्रावण १९ २०७७०१:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij