Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ नजामा संक्रमण

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ नजामा संक्रमण

  • बिहिवार, मंसिर १६ २०७८

  • 385
    SHARES

  • पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ नजामा संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ४५ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।


    बिहिवार, मंसिर १६ २०७८०७:०३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij