Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोबाट तनहुँका १५६ घरपरिवार विस्थापित

बाढीपहिरोबाट तनहुँका १५६ घरपरिवार विस्थापित

  • सोमवार, श्रावण १९ २०७७

  • 698
    SHARES

  • बाढीपहिरोबाट तनहुँका १५६ घरपरिवार विस्थापित

    तनहुँ। बाढीपहिरोको कारण तनहुँमा १ ५६ घरपरिवार विस्थापित भएका छन्। घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन्। त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् । असारको अन्तिम र साउनको पहिलो साता परेको भारी वर्षाबाट ती परिवार विस्थापित भएका हुन्। तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ।

    म्याग्दे गाउँपालिकाका ८० घरपरिवार विस्थापित भएका छन्। उनीहरूमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ। गाउँपालिका(६ की १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो। पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकीकहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन्। त्यहाँ पहिराले ३० घरमा आँशिक क्षति पुगेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए।

    देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन्। मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको छ। त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बसेका छन्। भानु नगरपालिकाको वडा नम्बर २ र ३ मा गरी १० घरपरिवार पहिरोको उच्च जोखिममा रहेकोले छिमेकीको घरमा बस्दै आएका छन्। आँबुखैरेनी गाउँपालिकाका सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। वडा नम्बर १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए।

    व्यास नगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन्। करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले बताए। ऋषिङ गाउँपालिकामा ६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उक्त वडाको ऋषिङ (८ भैसीकिली निवासी अम्बरबहादुर थापाको पाँचजनाको पहिरामा परेर मृत्यु भएको थियो। रासस


    सोमवार, श्रावण १९ २०७७०१:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij