काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएका १२ हजार ७२७ नमुना परीक्षणमा ३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो सोहि समयमा २५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुुसार आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० पुगेको छ । ती मध्ये ८ लाख ३ हजार १६८ जना निको भएका छन् भने ११ हजार ५२९ जनाको मृत्यु भएको छ ।
हाल देशभर ६ हजार ९५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ६१० जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये १२० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
जिल्लागत रुपमा आज काठमाडौं ११९, ललितपुरमा २९, मोरङमा २६, कास्कीमा १२ तथा झापा र चितवनमा १०÷१० जनामा संक्रमण पुष्टि भएकोे मन्त्रालयले जनाएको छ ।