Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश एकका मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका ३ जनामा कोरोना संक्रमण

प्रदेश एकका मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका ३ जनामा कोरोना संक्रमण

  • सोमवार, श्रावण १९ २०७७

  • 812
    SHARES

  • प्रदेश एकका मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका ३ जनामा कोरोना संक्रमण

    विराटनगर । प्रदेश एकका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरमै रहेका उहाँलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन ।

    विराटनगर–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।
    मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो ।

    आइतबार उहाँसहित घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।

    अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताउनुभयो । आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन ।


    सोमवार, श्रावण १९ २०७७१२:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij