Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा अध्यक्षद्वय ओली र दाहालको आ–आफ्नै अडानः छलफल बिना निष्कर्ष टुंगियो

नेकपा अध्यक्षद्वय ओली र दाहालको आ–आफ्नै अडानः छलफल बिना निष्कर्ष टुंगियो

  • सोमवार, श्रावण १९ २०७७

  • 526
    SHARES

  • नेकपा अध्यक्षद्वय ओली र दाहालको आ–आफ्नै अडानः छलफल बिना निष्कर्ष टुंगियो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । आज (सोमबार) भएको छलफलमा दुबै अध्यक्षले आ–आफ्नो अडान कायमै राख्दा कुनै सहमती हुन नसकेको हो । दुुवैतर्फबाट अडान यथावत रहेपछि मंगलवार पुनः बस्नेगरी छलफल बिना निष्कर्ष टुंगिएको छलफलमा सहभागी एक नेताले बताए ।

    विवाद समाधानको प्रस्तावमा छलफलका लागि केन्द्रीय सचिवालय बैठक बोलाउने कि स्थायी समिति बैठकलाई सूचारु गरेर निष्कर्ष निकाल्ने विषयमा कुरा नमिलेपछि ओली र प्रचण्डको पछिल्लो छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । ओलीले सचिवालयबाटै प्रस्ताव तयार भएपछि मात्र स्थायी समिति बोलाउनु पर्ने अडान राखेका छन् भने प्रचण्डले स्थायी समिति बैठकमा निर्धारित एजेण्डाबाटै सहमति खोज्नुपर्नेमा जोड गरेको स्रोतले जनाएको छ ।

    छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्बाङ पनि सहभागी थिए ।आजको बैठकको शुरुमै जनैपुर्णिमाको शुभकामना आदान–प्रदान भयो, त्यसपछिको छलफलमा प्रधानमन्त्रीले पहिले सचिवालय बैठक बोलाएर सहमतिको प्रस्तावबारे छलफल गरौं भन्ने अडान राख्नुभो, प्रचण्डले स्थायी समिति सुचारु गरेर त्यहीँबाट हल गरेर जाऔं भन्ने आईतबारकै तर्कमा जोड दिनुभयो ।

    छलफलमा सहभागी एक नेताले भने । गत १३ साउनमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत स्थायी समिति सदस्यहरुको बैठक गरेपछि नेकपाभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको थियो । उनीहरुले प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राख्दै आएका छन् । तर, ओलीले दुवै पद नछोड्ने अडान राख्दै बाँकी विषयमा सहमति खोजेर जान सकिने प्रस्ताव गर्दै आएका छन् । दुवै पक्षको अडान कायमै रहेका कारण जटिल मोडमा पुगेको नेकपा भित्रको अन्तरसंघर्ष समाधनतर्फ जाने संकेत देखा परिसकेको छैन् ।


    सोमवार, श्रावण १९ २०७७१२:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij