Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकमा पहिरो , १० जनाको मृत्यु

सिन्धुपाल्चोकमा पहिरो , १० जनाको मृत्यु

  • सोमवार, श्रावण १९ २०७७

  • 940
    SHARES

  • सिन्धुपाल्चोकमा पहिरो , १० जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ । मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो । शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए । मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो । शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ ।

    पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए । यस्तै सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा एक दम्पतीको ज्यान गएको छ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार गए रातिको अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु छ । राति सुतिरहेका बेला घर माथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका हुन् ।


    सोमवार, श्रावण १९ २०७७११:४०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij