Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २१३ संक्रमित थपिए, ३ जनाको मृत्यु

कोरोनाका २१३ संक्रमित थपिए, ३ जनाको मृत्यु

  • शनिवार, मंसिर ११ २०७८

  • 313
    SHARES

  • कोरोनाका २१३ संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २१३ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३२५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    मन्त्रालयका अनुसार आज थपिएकासँगै हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार ७२४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ४६८ जनामा पुष्टि भएको छ । ती मध्ये ११ हजार ५२१ ज्नाको मृत्यु भएको छ भने ८ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल ७ हजार १५६ सक्रिय संक्रमित छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ । गत २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।


    शनिवार, मंसिर ११ २०७८०५:१५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij