Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच निरन्तर संवाद आवश्यक: प्रधानमन्त्री देउवा

देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच निरन्तर संवाद आवश्यक: प्रधानमन्त्री देउवा

  • शुक्रवार, मंसिर १० २०७८

  • 972
    SHARES

  • देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच निरन्तर संवाद आवश्यक: प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा दलहरुबीच समान धारणा निर्माण गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताउनुभएको छ ।

    ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ उहाले भन्नुभयो, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

    प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र सविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताउनुभयो ।

    सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताउनुभएको छ । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उहाले बताउनुभयो ।


    शुक्रवार, मंसिर १० २०७८०३:१५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij