काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने २७३ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । ती मध्ये ११ हजार ५०९ जनाको मृत्यु भएको छ भने ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३०० जना सक्रिय संक्रमित रहेका छन् ।