Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पशुपतिको गुरुयोजना तत्कालका लागि राकियो, तीन सदस्यीय समिति गठन

पशुपतिको गुरुयोजना तत्कालका लागि राकियो, तीन सदस्यीय समिति गठन

  • आइतवार, श्रावण १८ २०७७

  • 584
    SHARES

  • पशुपतिको गुरुयोजना तत्कालका लागि राकियो, तीन सदस्यीय समिति गठन

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि रोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार गरेको छलफलमा एक महिनाका लागि गुरुयोजनाको थप काम रोकेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

    मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख र पुरातत्व विभागका महानिर्देशक सम्मिलित समिति गठन भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो ।

    समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ । महानिर्देशक गौतमका अनुसार समितिले प्रतिवेदन नबुझाएसम्म गुरुयोजनाको सम्पूर्ण काम अहिलेकै अवस्थामा रहने छ ।

    गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।



    आइतवार, श्रावण १८ २०७७०४:२६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij