Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा विवादः दुई अध्यक्षबीच बालुवाटारमा तीन घण्टा छलफल, भेटिएन सहमतिको विन्दु

नेकपा विवादः दुई अध्यक्षबीच बालुवाटारमा तीन घण्टा छलफल, भेटिएन सहमतिको विन्दु

  • आइतवार, श्रावण १८ २०७७

  • 892
    SHARES

  • नेकपा विवादः दुई अध्यक्षबीच बालुवाटारमा तीन घण्टा छलफल, भेटिएन सहमतिको विन्दु

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार करिव तीन घण्टा छलफल भएको छ । साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगन र प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरुसहित बैठक राखेपछि पहिलो पटिक अध्यक्षद्वयबीच आइतबार भेटवार्ता भएको हो ।

    प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुग्नुभएको थियो भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराउनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको बताइएको छ । सोमबार पुनः छलफलमा बस्ने गरी आजको छलफल टुंगिएको नेताहरुले बताएका छन् ।

    प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले अर्का अध्यक्ष ओलीसँग सम्वाद गरी बैठकको नयाँ मिति तय गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसबीचमा प्रचण्डले महासचिव बिष्णु पौडेलललाई बोलाएर सहमतिका केही विकल्पहरु समेत अघि सार्नुभएको थियो । तर ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सुचारु गर्नेबारे पनि सहमति जुटेन ।

    दुई अध्यक्षबीच समझदारी भएपछि मात्र बैठकको मिति तोकिने बताइएको छ ।


    आइतवार, श्रावण १८ २०७७०३:५६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij