Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

समस्याको निकास न्यायालयबाटै होस् : प्रचण्ड

समस्याको निकास न्यायालयबाटै होस् : प्रचण्ड

  • बुधवार, मंसिर १ २०७८

  • 401
    SHARES

  • समस्याको निकास न्यायालयबाटै होस् : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस भन्ने आफूहरूको इच्छा रहेको बताउनु भएको छ ।

    पाँच दलीय गठबन्धनले यो समस्याको निकास सर्वोच्च अदालतबाटै समाधान हुनुपर्ने भन्दै निर्णय गरेकोले आफू पनि सोही पक्षमा रहेको बताउनुभयो।

    महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि आएका पूर्व प्रधानमन्त्री प्रचण्ड जनकपुरधाम विमानस्थलमा संचार कर्मीहरूसंग कुरा गर्दै न्यायालय भित्र देखिएको समस्या त्यहीँबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

    पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले यस विषयमा धारणा सार्वजनिक गरी सकेकोले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनको भनाई थियो। पूर्व प्रधानमन्त्री प्रचण्डले एक दुई दिन भित्र निकास ननिस्किए मात्रै आफूहरूले राजनीतिक निकास खोज्ने तर्फ लाग्ने बताउनुभयो।


    बुधवार, मंसिर १ २०७८०३:२१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij