Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ मा जसपाका मन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ मा जसपाका मन्त्री रामनरेश राय पदमुक्त

  • मंगलवार, कार्तिक ३० २०७८

  • 564
    SHARES

  • प्रदेश २ मा जसपाका मन्त्री रामनरेश राय पदमुक्त

    काठमाडौँ । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार(आज) पदमुक्त गर्नुभएको हो ।

    तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हाल्नुभएको छ । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गर्नुभएको छ ।

    उहाले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिनुभएको थियो । तर राजीनामाका लागि आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै रायले मुख्यमन्त्रीले माग गरेकै आधारमा राजीनामा नदिने अडान लिनुभएको थियो ।

    गठबन्धन सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राउतले यसअघि सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सामेल गरिसक्नुभएको छ । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गर्न उहाले मन्त्रालयको भागवण्डा मिलाउने उद्देश्यले मन्त्री रायको राजीनामा माग गर्नुभएको थियो । जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।

    स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो सामेल हुँदैहुनुहुन्छ ।

    2 bifyaapti.jpg


    मंगलवार, कार्तिक ३० २०७८०३:४१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij