Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मुलुककै जेठो ‘नेपाल बैंक’ ८५ औं वर्षमा प्रवेश

मुलुककै जेठो ‘नेपाल बैंक’ ८५ औं वर्षमा प्रवेश

  • सोमवार, कार्तिक २९ २०७८

  • 587
    SHARES

  • मुलुककै जेठो ‘नेपाल बैंक’ ८५ औं वर्षमा प्रवेश

    काठमाडौँ । मुलुककै जेठो बैंक नेपाल बैंक ८५ औं वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंकले नेपाली वित्तीय क्षेत्रमा अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

    नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको सुरुवाती पुँजी सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेको थियो । तर पछि बैंकको पुँजी संरचनामा परिवर्तन गर्दै नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहने गरी पुनसंरचना गरिएको छ ।

    २०७८ असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १२ अर्ब ६४ करोड पुगेको छ । पछिल्लो समय बढ्दो बैंकिङ प्रतिस्पर्धाका बीच पनि मुलुककै पुरानो बैंकले यत्तिको सफलता हासिल गर्नुमा आम सेवाग्राही नेपालीहरुको माया र सद्भाव नै रहेको बैंकले बताएको छ । बैंकको वित्तीय अवस्था तथा गतिबाट सेयरधनी, व्यवस्थापन एवम् सम्पूर्ण सरोकारवाला समक्ष सकारात्मक उर्जा प्राप्त भएको बैंकले बताएको छ ।


    सोमवार, कार्तिक २९ २०७८०९:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij