Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोरोना विरुद्धको फाइजर खोप

आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोरोना विरुद्धको फाइजर खोप

  • आइतवार, कार्तिक २८ २०७८

  • 680
    SHARES

  • आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोरोना विरुद्धको फाइजर खोप

    काठमाडौँ । आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाइँदै छ । १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन लागेको हो । यो खोप अभियान मंसिर चार गतेसम्म चल्ने छ ।

    खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ । कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप १ लाख ६३० मात्रा फाइजर बायोएनटेक खोप प्राप्त गरेको थियो ।

    खोप सेसन सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । खोप केन्द्र तोकिएका ठाउँहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन सकिने जनाइएको छ ।

    खोप लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला प्रत्यारोपन गरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी खोप पाउने छन् ।

    यस्तै, लामो समयदेखि छातीको समस्या तथा कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी, कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग लागेका व्यक्तिले यो खोपमा प्रथामिकता पाउने छन् ।


    आइतवार, कार्तिक २८ २०७८०७:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij