Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मोटरसाइकल एकआपसमा ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु

मोटरसाइकल एकआपसमा ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु

  • आइतवार, श्रावण १८ २०७७

  • 887
    SHARES

  • मोटरसाइकल एकआपसमा ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु

    सर्लाहीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र अर्को मोटरसाईकलका चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभएको छ । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


    आइतवार, श्रावण १८ २०७७१२:५२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij