Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थपिए ३१७ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

थपिए ३१७ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

  • बिहिवार, कार्तिक २५ २०७८

  • 422
    SHARES

  • थपिए ३१७ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने २७९ जना निको भएका छन् ।
    मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । ती मध्ये ११ हजार ४६६ जनाको मृत्यु भएको छ भने ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।
    हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    बिहिवार, कार्तिक २५ २०७८०५:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij