Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५०० नाघ्यो

गण्डकीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५०० नाघ्यो

  • आइतवार, श्रावण १८ २०७७

  • 542
    SHARES

  • गण्डकीमा थप २० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५०० नाघ्यो

    पोखरा । गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिएका छन् । आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो ।

    थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन् ।

    लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका हुन् । तनहुँको म्याग्दे र आबुखैरेनीका एक–एकजना पुरुष रहेका छन् भने बागलुङको बागलुङ नगरपालिकाकै एक पुरुष रहेका छन् ।

    गण्डकीमा हालसम्म १२४५ जना आइसोलेशनबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् ।


    आइतवार, श्रावण १८ २०७७१२:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij