Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन, झाडा पखालाका विरामीको पनि पीसीआर टेष्ट गरिने

कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन, झाडा पखालाका विरामीको पनि पीसीआर टेष्ट गरिने

  • आइतवार, श्रावण १८ २०७७

  • 806
    SHARES

  • कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन, झाडा पखालाका विरामीको पनि पीसीआर टेष्ट गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयको उक्त मापदण्डलाई जनस्वास्थ्यविद्हरुले सकारात्मक भनेका छन् ।

    नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिनेछ ।

    परिर्वतित मापदण्डअनुसार ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्थाका तथा झाडापखालाका बिरामीको पनि परीक्षण गरिने छ । सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, स्थल तथा हवाई मार्ग हुँदै विदेशबाट आएका सबैलाई क्वारेन्टिन राखिएको पाँच देखि सात दिनभित्र परीक्षण गरनेछ ।

    यस्तै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू र विगत १४ दिनमा कोरोना सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरूको पनि अनिवार्य कोरोना परीक्षण गरिने परिर्वतीत मापदण्डमा उल्लेख छ । यसैगरी आइसियुमा रहेका सबै बिरामीहरू, दीर्घरोगीहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)को पनि परीक्षण अनिवार्य गरिएको छ ।

    चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका संक्रमितको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण नतिजा नचाहिने परिर्वतीत मापदण्डमा उल्लेख छ ।


    आइतवार, श्रावण १८ २०७७१२:३०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij