Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देउवा र पौडेलबाट कांग्रेस चल्दैन : नेता सिंह

देउवा र पौडेलबाट कांग्रेस चल्दैन : नेता सिंह

  • सोमवार, कार्तिक २२ २०७८

  • 1.1K
    SHARES

  • देउवा र पौडेलबाट कांग्रेस चल्दैन : नेता सिंह

    सिन्धुली – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । उहाँले कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो ।

    ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भन्नुभयो, ‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’

    कांग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको उहाँले बताउनुभयो । सिंहले आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको दाबी गर्नुभयो ।

    उहाँले क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्वाद हुनबाट जोगाउन आग्रहसमेत गर्नुभयो ।

    ‘बेथितिबाट कांग्रेस र देश चल्दैन’, सिंहले भने, ‘पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्, भविष्य हेर्नुहोस् । छोरानाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । कांग्रेस बचाउनुहोस् ।’


    सोमवार, कार्तिक २२ २०७८०५:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij