Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एसएसपी ढकालसहित ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा

एसएसपी ढकालसहित ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा

  • आइतवार, श्रावण १८ २०७७

  • 755
    SHARES

  • एसएसपी ढकालसहित ३७५ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले आफूसहित मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै रहेको र अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था रहेको जानकारी दिनुभयो । उहाँले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिनुभयो ।

    आफूले अरुसँग भेटघाट बन्द गरेको पनि एसएसपी ढकालले बताउनुभयो । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टाइनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।


    आइतवार, श्रावण १८ २०७७११:३२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij