Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थपिए १४३ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

थपिए १४३ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

  • आइतवार, कार्तिक २१ २०७८

  • 551
    SHARES

  • थपिए १४३ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण देखिएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन् ।
    योसँगै नेपाल कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । ती मध्ये ११ हजार ४४८ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    आइतवार, कार्तिक २१ २०७८०४:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij