काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १९÷१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ । ती मध्ये ११ हजार ४३६ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय ८ हजार ८९० जना संक्रमित रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।