Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोनाका ४४७ जना बिरामी थपिए, ७ जनाको मृत्यु

कोरोनाका ४४७ जना बिरामी थपिए, ७ जनाको मृत्यु

  • बुधवार, कार्तिक १७ २०७८

  • 546
    SHARES

  • कोरोनाका ४४७ जना बिरामी थपिए, ७ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् ।
    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । ती मध्ये ११ हजार ४३४ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार अहिले देशभर ९ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    बुधवार, कार्तिक १७ २०७८०४:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij