Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेससँग महाधिवेशन गर्न सक्ने क्षमता नै समाप्त भइसक्योः ओली

नेपाली कांग्रेससँग महाधिवेशन गर्न सक्ने क्षमता नै समाप्त भइसक्योः ओली

  • शनिवार, कार्तिक १३ २०७८

  • 620
    SHARES

  • नेपाली कांग्रेससँग महाधिवेशन गर्न सक्ने क्षमता नै समाप्त भइसक्योः ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति सारिरहेकोमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसप्रति कटाक्ष गर्नुभएको छ । उहाँले कांग्रेस महाधिवेशन गर्न नसक्ने हालतमा पुगिसकेको बताउनुभयो ।
    ‘अहिले ९, १०, ११ कहिले गर्ने भनेको, त्यो पनि नसक्ने भनिसके । यो कुनै हिसाबले कांग्रेसले रिति पु¥याउने कुरा हो। महाधिवेशन गर्न सक्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन नै आयोजना गर्न नसक्ने अशक्त हालतमा कांग्रेस बुढो भयो’, उहाँले भन्नुभयो, ’कांग्रेस बुढो भयो। विचार बुढो भयो। केही पनि छैन। महाधिवेशन पनि गर्न नसक्ने हालतमा कांग्रेस पुग्यो।’
    सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले पाँच वर्षभित्र गर्नुपर्ने महाधिवेशन गर्न नसकेको बताउनुभएको हो ।
    ओलीले एमालेको विधान महाधिवेशनको भने प्रशंसा गर्नुभयो । ओलीले आफूहरुले सो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको दाबी गर्नुभयो ।


    शनिवार, कार्तिक १३ २०७८०३:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij