Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • शनिवार, कार्तिक १३ २०७८

  • 908
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो।

    पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।

    आन्तरिक तथा बाहृय हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ।

    यस्तै एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी एक हजार पाँच सय रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमले गरेको छ।

    मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२।५५, डिजेलमा प्रतिलिटर ११।६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१।२२ रुपैयाँ घाटा हुने निगमको दाबी छ।

    निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यता हुनसक्ने विज्ञप्तिमा उल्लेख छ।


    शनिवार, कार्तिक १३ २०७८०६:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij