Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण थप ६ जनाको मृत्यु, ५४९ जनामा संक्रमण

कोरोनाका कारण थप ६ जनाको मृत्यु, ५४९ जनामा संक्रमण

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 807
    SHARES

  • कोरोनाका कारण थप ६ जनाको मृत्यु, ५४९ जनामा संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।
    गत २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।
    आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।
    अहिले नेपालमा १० हजार एक सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तिमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् भने ७७२ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
    मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।


    शुक्रवार, कार्तिक १२ २०७८०५:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij