Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारले दियो ५ दिने अल्टिमेटम

राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारले दियो ५ दिने अल्टिमेटम

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 857
    SHARES

  • राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारले दियो ५ दिने अल्टिमेटम

    काठमाडौँ । नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
    आज बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो ।
    आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताउनुभयो । विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बारले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न माग गरेको छ ।


    शुक्रवार, कार्तिक १२ २०७८०४:४१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij