काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । तीमध्ये ११ हजार ३८२ जनाको मुत्यु भइसकेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार ४१४ जना होम आइसोलेसनमा रहेका छन् भने ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४८ जना आईसीयू र ८०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।