Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेप्सेको उकालो यात्रा कायमै, अन्तिम दिन १३ अंकले बढ्यो, ५ अर्ब ३९ करोडको कारोबार

नेप्सेको उकालो यात्रा कायमै, अन्तिम दिन १३ अंकले बढ्यो, ५ अर्ब ३९ करोडको कारोबार

  • बिहिवार, कार्तिक ११ २०७८

  • 726
    SHARES

  • नेप्सेको उकालो यात्रा कायमै, अन्तिम दिन १३ अंकले बढ्यो, ५ अर्ब ३९ करोडको कारोबार

    काठमाडौँ । साताको अन्तिम दिन बिहीबार (आज) पनि नेपालको सेयरबजार दोहोरो अंकले बढेको छ। यो साता सुरुआतबाटै बढेको सेयरबजार त्यही लयमा अन्तिम दिन पनि दोहोरो अंकले बढेर बन्द भएको छ।
    आज पुँजीबजार मापक परिसूचक नेप्से १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा उक्लिएको छ।
    नेप्सेमा आज पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२२ वटा कम्पनीका ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५९ हजार १४० पटक किनबेच भएका थिए।
    आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९९ विन्दुमा उक्लिएको छ।
    आज बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन र प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहका परिसूचक राताम्य बनेका छन् भने बाँकी उपसमूहको परिसूचकमा हरियाली छाएको छ।


    बिहिवार, कार्तिक ११ २०७८०३:३३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij