Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

इलाम सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण, अन्य ४३ जनाको स्वाब संकलन

इलाम सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण, अन्य ४३ जनाको स्वाब संकलन

  • शनिवार, श्रावण १७ २०७७

  • 1.8K
    SHARES

  • इलाम सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण, अन्य ४३ जनाको स्वाब संकलन

    इलाम । इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा कार्यरत १० जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

    पोजिटिभ देखिएका सबै जनालाई गोठगाउँस्थित आइसोलेशनमा पठाइएको गणका प्रमुख सुरधिरजंग थापाले जानकारी दिनुभयो ।
    क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको थापाले बताउनुभयो ।

    गणलाई पूर्ण रुपमा सिल गरेर बाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । गणका प्रमुख थापाका अनुसार संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

    गणमा शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।


    शनिवार, श्रावण १७ २०७७०४:११:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij