Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बिएस्सी, बिबिएस र बिएड चौथो वर्षको परीक्षा २८ मंसिरदेखि

बिएस्सी, बिबिएस र बिएड चौथो वर्षको परीक्षा २८ मंसिरदेखि

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.3K
    SHARES

  • बिएस्सी, बिबिएस र बिएड चौथो वर्षको परीक्षा २८ मंसिरदेखि

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ बाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ ।

    विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बिएस्सी, बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । चौथो वर्षको फारम छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फारम भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

    त्रिविले १४ पुसमा सबै परीक्षा सकिनेगरी तालिका सार्वजनिक गरेको हो ।

     


    मंगलवार, कार्तिक २५ २०७७०३:४७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij